(Saturday 25th of July 2026)
`

गृह जिल्लामा रोकायालाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज : बाँके गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारणसभाबाट केन्द्रिय सदस्य निर्वाचित धर्मलाला रोकायालाई गृह जिल्ला गैर सरकारी महासंघ बाँके शाखाले सम्मान गरेको हो । केन्द्रिय सदस्य रोकाया गैर सरकारी महासंघ बाँके जिल्ला अध्यक्ष, तत्कालिन मध्यपश्चिम क्षेत्रिय अध्यक्ष र लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै गैर सरकारी महासंघको १० औँ महाधिवेशन तथा २७ औँ बार्षिक साधारणसभाबाट महासंघको केन्द्रिय सदस्यमा निरविरोध निर्वाचित भएका थिए ।

    सम्मान कार्यक्रममा गैर सरकारी महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह जिल्ला कार्य समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । २०५५ सालबाट इन्रुडेक नामक गैर सरकारी संस्था संस्थापक अध्यक्ष रोकाया समाजिक रुपान्तरणका विविध कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology