(Saturday 25th of July 2026)
`

होटल द ग्यालेक्सी दरबारमा ९ गते लाइभ कन्सर्ट हुने

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    नेपालगन्ज, ०५ पुष – नेपालगन्जको सुर्खेतरोड स्थित रहेको होटल द ग्यालेक्सी दरबारमा क्रिष्टमस डे को अवसरमा लाइभ इभेन्ट कन्सर्ट हुने भएको छ । होटल द ग्यालेक्सी दरबारको आयोजनामा इसाई धर्मावालम्बीहरुको महान पर्व क्रिष्टमस डे को अवसरमा लाइभ इभेन्ट कन्सर्ट हुने भएको हो ।
    कन्सर्टमा एक्समास लाइभ इभेन्टमा गायीका रञ्जिता तामाङको प्रस्तुती रहने होटलका म्यानेजर हस्त बहादुर हिमालले जानकारी गराउनुभयो । कन्सर्टमा प्रबेश निशुल्क समेत रहेको आयोजक टिमका म्यानेजर हिमालले बताउनुभयो । कन्सर्ट यही पुष ९ गते साँझा ७ बजेदेखि संचालन हुने आयोजकले जनाएको छ । होटलमा विभिन्न प्रकारका परिकारहरुको उपलब्ध हुने छ । क्रिष्टमस डेको अवसरमा हुने कन्सर्टमा स्थानिय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology