(Saturday 25th of July 2026)
`

एमाले बाँकेका इन्चार्ज सूर्य ढकाललाई गृह जिल्लामा भव्य स्वागत

  • सगरमाथा गन्तब्य
  • 20.1K
    SHARES

    बाँके : नेकपा एमालेको जारी केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले बाँके जिल्लाको इन्चार्जमा सुर्य ढकाललाई जिम्मेवारी तोकेको छ ।
    १० औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित ढकाललाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो । ढकाल लगाएत अन्य ७६ जिल्लाका इन्चार्ज समेत केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले जिम्मेवारी प्रदान गरेका छन् । इन्चार्जको रुपमा जिम्मेवारी पाएपछि पहिलो पटक ढकाल गृह जिल्लामा आएका हुन् । गृह जिल्ला आएका ढकाललाई एमाले नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । ढकाललाई मंगलवार नेपालगन्ज एयरपोर्टबाटै भव्य स्वागत गर्दै एमाले पार्टी कार्यालयसम्म पुगेका थिए ।
    बैठकले ७ प्रदेशका इन्चार्ज समेत तोकेको छ । भने ३२ विभागिय प्रमुख र २२ जनवर्गीय संगठनहरुको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।’ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology