नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको ट्राफिक चोकमा ट्राफिकद्धारा जनचेतनामुलक कार्यक्रम गरिएको छ । शहरको सडकमा साइकल चलाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा ट्राफिक प्रहरीले सोमवार नेपालगन्जमा जनचेतना मुलक कार्यक्रम गरेको हो ।
नेपालगंज उप– महानगरपालिका १० ट्राफिक चोक स्थित साईकल यात्रीहरुलाई साईकल चलाउँदा, बाटो काट्दा, रातको समयमा साईकल चलाउँदा हुन सक्ने सम्भाबित दुर्घटनाबाट अपनाउनु पर्ने सावधानीका बारेमा साइकल यात्रीहरुलाई प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । रातीको समयमा दुर्घटना कम गर्न साईकलमा रिफ्रेक्टिभ स्टिकर समेत लगाएको अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले जनाएको छ ।
