आशा परियार – नेपालगन्ज २७ मंसिर – नेपालगन्जको धम्बोझीमा आर एण्ड बी इलेक्ट्रो मार्ट संचालनमा आएको छ । उक्त इलेक्ट्रो मार्टको उद्घाटन नेपालगन्ज ग्यालरीका संचालक तथा संचारकर्मी समिरमान श्रेष्ठले गर्नुभएको हो ।
इलेक्ट्रो मार्टमा यसोदा ब्रान्ड, सामसुङ्ग ब्रान्ड, एलजी ब्रान्ड, पानासोनिक ब्रान्ड, इलेक्ट्रो म्याक्स ब्रान्ड, ड्यामसन ब्रान्ड, वेटर ब्रान्ड, ह्वइर्लपुल बान्ड, लाइफोर ब्रान्डका फ्रिज, मिक्चर, एसी, कुलर, वार्सिङ्ग मेसिन, हिटर , राइस् कुकर, प्रेसर कुकर, एलईडी, रेलमी, एमआइ, सामसुङ्ग, आइफोन लगायतका सम्पुर्ण इलेक्ट्रोनिक सामानहरु एकै ठाउँमा उपलब्ध हुने आर एण्ड बी इलेक्ट्रो मार्टका प्रोप्राइटर अस्मिता रिझालले जानकारी गरानुभयो ।

नेपालगन्जको धम्बोझी स्थित घरवारी टोलमा रहेको इलेक्ट्रो मार्टमा विभिन्न प्रकारका सामानहरु सुपथ मुल्यमा पाइने प्रोप्राईटर रिझालले बताउनुभयो । मार्टको उद्घाटन सोमवार संचरकर्मी श्रेष्ठले रिबन काटेर गर्नुभएको थियो । मार्टको उद्घाटनमा उद्योगी, व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

