(Saturday 25th of July 2026)
`

नरैनापुरमा उपेन्द्रलाई भव्य स्वागत

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES

    नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा आयोजित बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जिल्ला कै सबै भन्दा बिकट मानिएको नरैनापुर गाउँपालिका पुग्नु भएका जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई नागरिकहरुले भव्य स्वागत गरेका छन् ।  पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका केन्द्रीय नेताहरुको विषेश उपस्थितिमा बिभिन्न पार्टी परित्याग गरेका तथा राजनीतिक रुपमा स्वतन्त्र रहेका युवाहरुको ठुलो समुह जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको गाउँपालिक अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।
    नागरिकहरुले अभिनन्दन गरे पछि अध्यक्ष यादवले राजनीतिक लगायत जुनसुकै परिवर्तनका निम्ति युवा शक्ति अपरिहार्य रहेको भन्दै राजनीतिक तथा समाजिक रुपान्तरण, चेनता अभिबृद्धि तथा समृद्ध राष्ट्र निर्माणका लागि सक्षम, स्वस्थ्य र सबल युवा शक्तिका लागि एक जुट हुन युवाहरुलाई आग्रह गर्नु भएको थियो ।
    अध्यक्ष यादवले नरैनापुरका युवाहरुलाई अध्ययनशिल तथा सांगठनिक विकास र नेतृत्व क्षमता अभिबृद्धिका निम्ति क्रियाशिल हुन समेत आग्रह गर्नुभयो । शिक्षित, समय, संगठित र समपर्णका लागि तयार युवा जमातले मात्रै परिवर्तन ल्याउन सक्ने भन्दै यादवले युवाहरुलाई अध्ययनशिल बन्नुका साथै संठन निर्माण एवम् नेतृत्व क्षमता अभिबृद्धीतर्फ अग्रसर हुन आग्रह गर्नु भयो । नरैनापुरमा अध्यक्ष यादवलाई गाउँपालिका अध्यक्ष शाह लगायतले स्वागत गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology