(Saturday 25th of July 2026)
`

शनिवार पुस्तक तथा स्टेशनरी व्यवसायी संघको प्रदेश अधिवेशन हुने

  • सगरमाथा गन्तब्य
  • 9K
    SHARES

    नेपालगन्ज, २४ मंसिर – प्रदेश भरका पुस्तक, स्टेशनरी, मसलन्द लगायत सम्पुर्ण शैक्षिक सामाग्री प्रकाशन उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीहरूको हकहित संरक्षण र प्रर्वद्वन गर्ने प्रमुख उद्देश्यका साथ मंसिर २५ गते लुम्बिनी प्रदेश समितिको तेस्रो साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन गर्ने जानकारी गराईएको छ ।
    शुक्रबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराउँदै प्रविधिको अत्याधिक प्रयोगका कारण पठन संस्कृति हराउँदै गएको अवस्थामा हामीले प्रदेश भरीका प्रत्येक जिल्लामा अत्याधुनिक ई लाईब्रेरीको अवधारणालाई अघि सार्दै बुटवलमा रूपन्देही शाखाले आफ्नै भवनमा अत्याधुनिक पुस्तकालय सञ्चालनमा ल्याउने बताउनुभयो ।
    व्यवसायीहरूको व्यवसायिक सुरक्षा तथा जोखिम न्युनिकरणका लागि सामुहिक बिमा योजना गराई व्यवसायीहरूको सम्पतिको सुरक्षालाई विशेष जोड दिने योजना रहेको जानकारी गराईएको थियो ।


    शनिवार मंसिर २५ गते ११ बजेदेखि कार्यक्रमको शुभारम्भ हुने जानकारी गराउँदै नयाँ नेतृत्व समेत चयन गरिने बताईएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्लाका १५० जना प्रतिनिधि, ५० जना पर्यवेक्षक तथा पाहुनाहरू गरि २०० जना बढीको सहभागिता रहने छन् ।
    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनद्वारा कार्यक्रमको समुदघाटन गरिनुका साथै नेपालगन्ज घोषणापत्र जारी तथा स्मारिका बिमोचन समेत गरिने जानकारी गराईएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology