(Saturday 25th of July 2026)
`

महिला हिंसा विरुद्ध १६ दिने अभियानमा नेपालगन्जमा बृहत ¥याली

  • सगरमाथा गन्तब्य
  • 19.7K
    SHARES

    आशा परियार – नेपालगन्ज : “घरैबाट सरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने मुलनाराका साथ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान बृहत ¥याली निकाली मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यलयबाट निस्केको बृहत ¥याली नेपालगन्जको विभिन्न भाग परिक्रमा गरि रंगशालामा पुगी कोणसभामा परिणत भएको थियो । नेपालगन्ज उपमहानगरपालिका, सानाहातहरु नेपाल, फतिमा फाउण्डेसन् नेपाल, एफएचआइ ३६०, आफन्त नेपाल, महिला संघ एफएफडीओ बाँके, साथी संस्था, स्याक नेपाल, जिल्ला प्रहरी कार्यलय बाँके, प्लान इन्टरनेश्नल नेपाल, हुमन राईट्स नेपाल, आइएचआरसी, जिल्ला प्रहरी कार्यलय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जको सहकार्यमा बृहत ¥याली प्रदर्शन गरिएको थियो ।


    लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन पत्रकार सम्मेलन, दोस्रो दिन सेतो रिवन बितरण, तेस्रो दिन दिप प्रज्जलन, चौथो दिन समाजिक मनोपरामर्श सम्वन्धि द्धन्द्ध प्रभावित र कोभिडबाट ज्यान गुमाएका परिवारका एकल महिलाका लागी अन्तरक्रिया, पाँचौ दिन महिलालाई व्यवसाय संचेतिकरण २ दिने कार्यक्रम, छैटौ दिन बिभिन्न सस्थाले घरदैलो कार्यक्रम, सात्रौ दिन लैङ्गिक हिंसा सम्बन्धि फोटो प्रर्दशनी, आठ्रौ दिन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथी हुने भेदभाव बिरुद्ध जनचेतनामुलक कार्यक्रम, नऔ दिन समुदाय स्तरमा द्धन्द्धको समयमा यौन हिंसामा परेका घटना न्यूनिकरणका बिषयमा सहभागितात्मक अन्तरसंम्वाद, दस्रौ दिन रेडियो संवाद कार्यक्रम, एघ्रारौ दिन बिद्यालय स्तरिय सचेतना कार्यक्रम, बाह्रौ दिन बाँकेमा लैङ्गिक हिंसाको अवस्था चुनौती तथ्याङ बिश्लेषण एंव भावी कार्ययोजना, तेह्रौ दिन व्यानर प्रर्दशन, चौध्रौ दिन सेतो रिवन बितरण तथा अभिमुखिकरण, पन्ध्रौ दिन किशोरी क्लवहरुलाई वालबिवाह र लैङ्गिक हिंसा सम्वन्धि अभिमुखिकरण कार्यक्रम तथा सोह्रौ दिन अर्थात महिला हिंसा विरुद्धको अन्तिम दिन लैङ्गिक हिंसा बिरुद्ध बृहत ¥याली कार्यक्रम गरि महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology