(Saturday 25th of July 2026)
`

फोनिज बाँकेको छैठौं अधिबेशन शनिवार नेपालगन्जमा हुने

  • सगरमाथा गन्तब्य
  • 11.2K
    SHARES

    नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको छैठौं जिल्ला अधिवेशन यही शनिवार नेपालगन्जमा हुने भएको छ । फोनिज बाँके शाखाको शनिवार बैठकले छैठौं अधिबेशन नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा गरिने भएको हो ।
    शाखाको अध्यक्ष समिर मान श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव गजेन्द्र गुरुङ, प्रदेश सदस्य प्रज्वल श्रेष्ठ, जिल्ला उपाध्यक्ष विमला चौधरी लगायतको उपस्थिति रहेको थियो । शाखाको छैठौं अधिबेशनमा नयाँ नेतृत्व चयन गरिने शाखा सचिव भगतराम थारुले जानकारी गराउनुभयो ।
    अधिबेशनमा उपस्थितिका लागि फोनिज आवद्ध पत्रकारहरुलाई अनिवार्य उपस्थितिका लागि निमन्त्रणा गरिएको सचिव थारुले बताउनुभयो । अधिबेशनमा सहभागिता जनाउन अनिवार्य रुपमा फोनिज सदस्यता नविकरण गरिएको हुनुपर्ने सचिव थारुले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology