नेपालगन्ज १९ मंसिर – नेपाल युवा क्लब बाँकेको साधारणसभा तथा अधिबेशनको अवसरमा गरिब अति विपन्न परिवारका बालवालिकाहरुलाई सहयोग प्रदान गरिएको छ । शनिवार आयोजित कपडा वितरण तथा सम्मान कार्यक्रममा अति गरिब परिवारलाई कपडा वितरण गरिएको हो ।
नेपाल युवा क्लब बाँकेले शनिवार आफ्नो १० औं बार्षिक साधारणसभा तथा ५ अधिबेशन सम्पन्न गरेको छ । साधारणसभा तथा अधिबेनको उद्घाटन पुर्व सहरी विकास मन्त्री तथा सासद मो. इस्तियाक राईले गर्नुभएको थियो ।
क्लबले बाँकेका ३० परिवारलाई कपडा वितरण गरेको नेपाल युवा क्लब बाँकेका अध्यक्ष मोहम्मद मोहसिन हल्वाई (समिर) ले भन्नुभयो । केही दिनमा थप कपडा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल मार्सल आर्ट हप्कीदो संघका अध्यक्ष काली बहादुर घर्ती मगर, डा.आशिम किदवाई, नेपाल कपडा तथा सिलाई ब्यवासायी संघ जिल्ला अध्यक्ष, खेलाडी, समाजसेवी, साहित्यकार, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन समिर अलि बेहनाले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार, डाक्टर, पत्रकार र युवाहरुलाई सम्मान गरिएको थियो ।

