(Saturday 25th of July 2026)
`

डुडुवामा अत्याधुनिक ७०० मेटिक टनको कोल्ड स्टोर बन्दै

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    डुडुवा (बाँके), । १५ मसिंर । बाँके डुडुवा गाउँपालिकाको सबै भन्दा ठुलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्ण शुरु भएको छ । डुडुवा ६ हिरिमिनियामा निर्माण थालिएको ७०० मेटिूक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको बुधवार एक कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको छ ।
    भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । करिब १३ कठ्ठा जग्गामा निर्माण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरेजसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमार्ण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताउनुभयो ।
    कोल्डस्टोरेजको निमार्णपछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निर्माण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो । गाउँपालिकाको पहिलो ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निमार्णधिन रहेको र हालसम्म करिब ८० प्रतिशत निर्माण सकिएको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology