(Saturday 25th of July 2026)
`

परसपुरमा मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको प्रथम साधारणसभा, अध्यक्षमा कौसर अली बेहना

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगंज : नेपालगंज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा शनिवार साधारण सम्पन्न भएको छ । मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिका साधारणसभाका सभापति सज्जन अली सलमानीको संयोजकत्वमा समापन भएको थियोे ।
    प्रमुख अतिथि अजय कुमार पाठक वडा नं. १७ का वडाध्यक्ष, विशिष्ट अतिथिमा केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष फिरोज वारसी र ज्ञान सागर मा.वि.को व्यवस्थापन समिति अध्यक्ष अतिथि रज्जब अली बेहना र अतिथिमा हाजी सुबेदार बेहना, हाफिज वासिम अहमद इद्रीसी, मौलाना नइमुद्दीन साई, शिक्षक प्रतिनिधि रामसिंह सोनी, वडा सदस्य फिरोज बेहना, मजीद धोबी, उदघोषक सागर ज्ञवाली र स्वागत मन्तव्यमा तदर्थ समितिका कोषाध्यक्ष मन्सुर अली दर्जी र शुभकामना मन्तव्यमा अजय कुमार पाठक त्यसैगरी फिरोज वारसी, स्वागत मन्तव्यकै क्रममा राम सिंह सोनी संस्थाको विधानको बारेमा जिज्ञासा राख्नु भयो ।
    बन्द सत्रमा निर्वाचन अधिकृत श्याम काफ्ले र सहायक निर्वाचन अधिकृत सागर ज्ञवालीले सर्वसहमतिबाट निर्विरोध पदमा अध्यक्ष कौसर अली बेहना, उपाध्यक्ष सज्जन अली, कोषाध्यक्ष मन्सुर अली दर्जी, सचिव इसराइल शेष, सदस्यहरुमा रज्जब अली बेहना, मकसुद अली बेहना, गजफ्फर अली इद्रीसी, रसीद अली दर्जी, आरिफ बागवान, रफीक धोबी, अकबर अली दर्जी र सल्लाहकारमा चयन हुनु भएको कलामुद्दीन दर्जी, हाजी सुबेदार बेहना, अरमान अली बेहना, मौला दर्जी, जुमई बेहना, शेर बहादुर बहेना, पप्पू बेहना, नुरुल नवी इद्रीसी सबै पदाधिकारीलाई निर्वाचन अधिकृत श्याम काफ्लेबाट प्रमाणपत्र र शुभकामना दिँदै कार्यक्रमलाई समापन सज्जन अली सलमानीले गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology