(Saturday 25th of July 2026)
`

सोनाको डेब्यु चलचित्र ‘चुरीफुरी’को ट्रेलर रिलिज

  • सगरमाथा गन्तब्य
  • 14.7K
    SHARES

    नेपालगन्ज : मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना बज्राचार्य नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’मार्फत सोनाले नेपाली सिनेमामा डेब्यु गर्न लागेकी हुन् । बिभिन्न म्युजिक भिडियो तथा बिज्ञापन खेलेपछि मोडल सोना सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन् । यस चलचित्रको ट्रेलर शुक्रवार रिलिज भएको छ ।
    चलचित्र चुरीफुरीमा सोनासँगै रबिन्द्र झा, सुबोध गौतम, राजिबजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, दीपक आचार्य, सुरबिर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य मुख्य कलाकारका रुपमा रहेका छन् । दीपक शर्माको संगीत रहेको यस सिनेमाको गीतमा समिर आचार्य, विश्व नेपाली, बेनिसा पौडेलको स्वर रहेको छ ।
    भिमफेदी ग्रुपको कोरियोग्राफी रहेको यस सिनेमाको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन नवीन निरौलाले गरेका छन् । पास्र्व संगीत हेमराज आश्रमको रहेको छ । बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा सहनिर्माता रहेको यस सिनेमाको निर्माता ऋषिराज आचार्य र रीना ढकाल भण्डारी रहेका छन् । डिसिएन वितरक रहेको सिनेमा चुरीफुरीको डिजिटर पार्टनर हाइलाइट नेपाल रहेको छ । चलचित्र आगामी पुस ९ गते अल नेपाल रिलिज हुनेछ । निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ अल नेपाल प्रदर्शनमा रहेको छ । केही सिनेमा हलमा हाउसफुल चलिरहेको निर्देशक आचार्यले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology