(Saturday 25th of July 2026)
`

डाइरेक्टर राजु गिरीले गरे कोहलपुर कला केन्द्रको उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 10.3K
    SHARES

    नेपालगन्ज : कोहलपुर नगरपालिका कृषि बजार नजिकै कोहलपुर कला केन्द्र संचालनमा आएको छ । शनिवार भव्य समारोहका विच चलचित्र क्षेत्रका उदयमान डाइरेक्टर राजु गिरीले कोहलपुर कला केन्द्रको उद्घाटन गर्नुभएको हो । नेपाली कथानक चलचित्र पुरा भयो सपना मेरोको छायाङकन गर्न आएका डाइरेक्टर गिरीले कला क्षेत्रलाई माया गर्नुपर्छ, कला प्रदर्शनले नै भविश्य उज्वल हुने भएको हुनाले कलाकारिता प्रति अहिलेको क्रेज बढ्दै गएको उहाँले बताउनुभयो । आफ्नो कला प्रस्फुटन र उजागर गराउन नृत्य पहिलो प्रथामिकतामा पर्ने गरेको उहाँले जानकारी गराउनुभयो ।


    हरेक कार्यक्रमलाई रोचक बनाउन नृत्यमा बढि जोड दिने गरेको हुनाले नृत्यले मान सम्मान पाउने र मनोरञ्जन प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । लामो समय नृत्य क्षेत्रमा काम गर्दै आएका कला केन्द्रका नृत्य निर्देशक तथा प्रशिक्षक कुन्दन चन्दले प्रशिक्षण दिने कला केन्द्रमा हरेक प्रकारको डान्स खुलेरै सिक्न सकिने उहाँले जानकारी गराउनुभयो । सानो उमेरदेखि नै नृत्यमा रुची भएको कारण आफुसंग भएको कलालाई जनमानसमा प्रस्फुटन गराउन खोजेको कुरामा उहाँले जोड दिनुभयो ।
    लामो समयको अनुभवलाई उजागर गर्न र नृत्य सिक्न चाहनेहरुको लागि विशेष जोड दिई हिपपप डान्स, साल्सा डान्स, ब्रेक डान्स, कल्चरल डान्स, एरोविक लगायतका नृत्यहरु प्रशिक्षण गराउनुका साथै स्टेज प्रोग्राम, म्युजिक भिडियो र टेलिफिल्ममा समेत अभिनयको अवसर प्रदान गरिने डान्स डाइरेक्टर चन्दले बताउनुभयो ।


    कोहलपुर कला केन्द्र उद्घाटन कार्यक्रममा दुई दशक बढि चलचित्र क्षेत्रमा काम गर्नुभएका डाइरेक्टर तथा कथा लेखन राजु गिरी, कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी ओली, कलाकार रिचर्ड कुमार रसाईली, चर्चित द्वन्द्व निर्देशक रमेश सिंह, कलाकार सन्जित ओली, नृत्य निर्देशक राजन बैश्य, डाइरेक्टर केशव चालिसे, मोडल इश्वर रिजाल, पत्रकार आशिष मल्ल ठकुरी, रितिका सापकोटा, रेजिना थापा लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन वरिष्ठ संचारकर्मी कमल विके निर्मोहीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology