नेपालगन्ज : नेपाली कथानक चलचित्र पुरा भयो सपना मेरो मंसिर पहिलो सातादेखि छायाङकन सुरु हुने भएको छ । मंगलवार नेपालगन्जमा सुटिङ युनिटको छलफलले पुरा भयो सपना मेरो भन्ने चलचित्रको छायाङकन हुने सुटिङ युनिटले जनाएको हो । चलचित्रको छायाङकन बाँके बर्दियाका रमणिय स्थानमा हुने उक्त फिल्ममा डाइरेक्टर तथा कथा लेखन राजु गिरीले गर्नुहुने भएको छ । लभ स्टोरी कथामा आधारित चलचित्र २ घण्टाको हुने फिल्म युनिटले जनाएको छ ।
करिव ४० लाख बढि लागतमा निर्माण हुन लागेको चलचित्रमा कलाकार रिचर्ड कुमार रसाईली र चर्चित भोजपुरी नायीका सालोनी बिष्टको मुख्य भुमिका रहने डाइरेक्टर गिरीले बताउनुभयो । फिल्ममा २ वटा गित र २ वटा द्वन्द्व रहेको द्वन्द्व निर्देशक रमेश सिंहले बताउनुभयो । लामो समय चलचित्रमा द्वन्द्व सम्बन्धि ज्ञान रहेको हुनाले तन, मन र धनका साथ लाग्ने उहाँले बताउनुभयो । फिल्म क्षेत्रमा फाइटर बन्ने चाहनाका साथ यस क्षेत्रमा प्रबेश गरेको हुनाले फाइटर बनाउनेसम्म पुगे उहाँले भन्नुभयो । फिल्मको नृत्य निर्देशन राजन बैश्य र रामजी लामिछानेको रहेको छ भने म्युजिकमा अर्जुन पोखरेल र राजेन्द्र बजगाईको रहेको छ । यस्तै छायाङकन रामेश्वर हुमागाईको रहेको छ भने प्रस्तुत कर्ता राजकुमार योगीको रहेको छ ।
करिव ३ महिनासम्म छायाङकन तथा रिलिज गर्न लाग्ने पुरा भयो सपना मेरोमा पहिलेदेखि चाहेको सोचेको काम पुरा हुने खालको कथामा आधारित रहेको छ । लामो समय एकै क्षेत्रमा लागेपनि बाहिर चिनजान नहुने तथा परिचित नहुने भएको हुनाले धेरै पहिलेको सपना पुरा भएको कथामा आधारित रहेको फिल्म हो पुरा भयो सपना मेरो कलाकार रसाईलीले भन्नुभयो ।
जहिले पनि पर्दा पछाडीबाट काम गर्न पर्ने हुनाले बाहिर कोही पनि नचिन्ने भएको कारण पर्दा अगाडी आउन खोजेको उहाँले बताउनुभयो । फिल्मको कलाकारमा चर्चित भोजपुरी नायीका सालोनी बिष्ट, नायक रिचर्ड कुमार रसाईली, कमल विके निर्मोही, राजन बैश्य, गुरु चरण शर्मा, बुद्धिलाल यादव, रितिका सापकोटा, रेजिना थापा, कुन्दन चन्द, केशव चालिसे, सिएस साउद, गायत्री शर्मा,कमल ओली पुर्ण केसी रहनुभएको छ ।
