नेपालगन्ज : मंसिर १ गते बाँकेमा ३ हजार बढि नेकपा एमालेमा प्रबेश गर्ने कार्यक्रम तय भएको नेकपा एमाले बाँकेले जनाएको छ । लामो प्रयास पछि विभिन्न पार्टीका अध्यक्ष, केन्द्रिय सदस्य, उपाध्यक्ष, जिल्ला अध्यक्ष लगायतका नेकपा एमालेमा प्रबेश गर्ने कार्यक्रम तय भएको एमाले बाँकेले सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
बाँकेमा ३ हजार बढी विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने छन् पत्रकार सम्मेलनमा नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रा, अब्दुल करिम खाँ र गिरिजा पाठकको नेतृत्वमा यहि मंसिर १ गते ३ हजार बढी मधेशी तथा मुस्लिम समुदायका नेता एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले बाँकेका उपाध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । कक्षपतिका अनुसार पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम तय भएको जानकारी गराउनुभयो । देशभर पार्टी प्रबेशको लहर चलेको छ उहाँले भन्नुभयो । अवको स्थानिय चुनावमा एमाले विना गुटको एक नम्बरको पार्टी हुने उहाँले दावी गर्नुभयो ।

बाँकेका आठ वटै स्थानीयतह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्र जित्ने लक्ष्यका साथ एमाले बांकेले योजना बनाएको बताउँदै उपाध्यक्ष कक्षपतिले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा उपयुक्त जिम्मेवारी दिइने उल्लेख गर्नुभयो । मधेशका समस्या समाधान गर्ने पार्टी एमाले नै भएकोले ६० प्रतिशत बढि २ नं क्षेत्रका कार्यकर्ता सहित जिल्ला भरीका विभिन्न पार्टीमा रहेका मधेशी मुस्लिम समुदायका नेता कार्यकर्ता एमाले प्रवेश गर्न लागेको स्वतन्त्र समूहका नेता एवं जिल्ला विकास समिति बाँकेका पूर्व सभापति मिश्राले जानकारी दिनुभयो ।
उहाँले एमालेलाई मजवुद पार्टी र सबै समुदायको पार्टी बनाउने गरी आफू प्रवेश गर्न थालेको उल्लेख गर्नुभयो । एमालेको दशौं महाधिवेशन चितवनमा हुन लागेको समेत उहाँले जानकारी गराउनुभयो । चितवनमा हुन लागेको महाधिवेशनमा बाँकेबाट ५ हजार बढि नेता कार्यकर्ताको सहभागिता महाधिवेशमा रहने तयारी समेत भएको उहाँले जानकारी गराउनुभयो ।
