बाँके,कार्तिक, २८ गते । बाँकेको नरैनापुरमा बाघले मान्छे र गाईलाई आक्रमण गरेको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नम्वर ४ पण्डितपुरुवाका लखन गडरियाको बाघको आक्रमणमा मृत्यु भएको हो ।
गडरिया २५ गते गाई चराउन गएका थिए । त्यो दिन उनी फर्किएनन् । भोलीपल्ट स्थानीयले थाहा पाए । त्यो दिन सबैले उनको खोजतलास समेत गरे । उनी कतै भेटिएनन् । २७ गते प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार खोजतलासको निवेदन आएपछि जगलतिर खोज्न गयौ उहाँले भन्नुभयो ।
२८ गते राती जगलमा गडरिया र एउटा गाई मृत भेटियो स्थानियले घटनास्थल वरपर बाघ कराए को सुनेको बताउनुभयो । नरैनापुरको पर्यटकस्थल गोवद्धधन धामदेखि ५ किलोमिटर जति पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । शवको विठ्यु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नग्रले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको छ ।
प्रहरीले गडरियाको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज पठाएको जनाएको छ । राष्ट्रिय जंगलमा समेत बाघ देखिएपछि स्थानिय त्रसित भएका छन् । बाँकेको पूर्वीगाभरमा केहि महिना अघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।
