(Saturday 25th of July 2026)
`

भि–वन अर्गानोमिक्स कुर्सीको माग बढ्दै

  • सगरमाथा गन्तब्य
  • 13.8K
    SHARES

    नेपालगन्ज, अम्बे फर्निसिङ नेपालगन्जले मानव शरिरको रक्तसंचारलाई मध्यनजर गर्दै आरामदायी कुर्सी विक्री वितरणको मान्यता पाएको छ । काममा असर नपर्ने गरि सहज बसाईको लागि अम्बे फर्निसिङले अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि आधिकारिक विक्रेताको मान्यता प्राप्त गरेको हो । शनिवारबाट भि–वन अर्गानोमिक्सले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने शुक्रवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ । नेपालअधिराज्य भर ३२ डिलर रहेको कम्पनीले जानकारी गराउदै भ्याली बाहिर १८ वटा शाखा कार्यालय रहेको अम्बे फर्निसिङका सञ्चालक पंकज श्रेष्ठले जानकारी गराउनुभयो ।


    २० बर्षदेखि पश्चिम नेपालमा आफुहरुले सेवा दिदै आएको भन्दै भि–वन कुर्सी बिश्वसनीय रहेको भि–वनका कन्ट्री प्रबन्धक प्रविण श्रीवास्तवले बताउनुभयो । १७÷१८ प्रकारका कुर्सी रहेका छन् उहाँले भन्नुभयो सबै कुर्सीको २ बर्ष वारेन्टी रहेको उहाँले जानकारी गराउनुभयो ।
    अम्वे आफैमा विश्वसनीय ब्राण्ड भएकोले नेपालकै उत्कृष्ट कम्पनीको रुपमा अम्बे बन्न सफल भएको उहाँले बताउनुभयो । देशका ३२ डिलर मध्य नेपालगन्जको अम्बे फर्निचार नेपालगन्ज पहिलो डिलर र उत्कृष्ट कारोवार गरेको डिलर रहेको अम्बे फर्निसिङका ईञ्जिनियर विवेक लामिछानेले बताउनुभयो । स्वास्थ्यको हिसावले अन्य कुर्सी भन्दा भि–वन आरामदायी रहेको समेत उहाँले बताउनुभयो ।
    नेपालगन्जको अम्बे डिलर पहिलो, दोश्रोमा गाईघाट, र तेश्रोमा विराटनगर कारोवार गर्नेमा रहेका छन् । यो कुर्सी आरामदायी, स्वास्थ्यप्रद्र्धक र बलियो तथा टिकाउपूर्ण रहेको उहाँको भनाई छ । सात हजार ८ सय रुपियाँ देखि एकलाख २९ हजार सम्म कुर्सीको मुल्य रहेका छन् । १८ प्रकारका कुर्सी रहेको जानकारी गराउदै लामिछानेले भन्नुभयो सबै कुर्सीमा २ बर्षका लागि वारेन्टी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology