(Saturday 25th of July 2026)
`

कांग्रेस निर्वाचन समितिको सचिवालयमा लागेको ताला खुल्यो

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगन्ज : क्रियाशिल सदस्यताको विषयमा असन्तुष्ट समुहले नेपाली कांग्रेस बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लगाएको ताला खोलेको छ । असन्तुष्ट समुहले बिहीबार अपरान्ह सवा ५ बजेतिर ताला खोलेको हो ।
    वडा तहको निर्वाचन सम्बन्धी काम गरिरहेको अवस्थामा असन्तुष्ट समुहमा रहेका नेता, कार्यकर्ताले बुधबार तालाबन्दी गरेका थिए ।
    नयाँ थप भएर आउने भनिएका २ सय ३९ जनाको क्रियाशिल सदस्यता नपठाउने कुरामा केन्द्रबाट प्रतिवद्धता आएपछि ताला खोलिएको असन्तुष्ट समुहका नेता तथा क्षेत्र नम्बर १ का सचिव डिल्ली गिरीले बताउनुभयो । तालाबन्दीका कारण बिहीबार हुने भनिएको अभिमुखीकरण स्थगित भइसकेको छ ।
    क्रियाशिल सदस्यता विवादका कारण यसअघि बाँकेको अधिवेशन रोकिएको थियो । क्रियाशिल सदस्यता नविकरणका नाममा फर्जी सदस्यता थपिएको असन्तुष्ट पक्षको आरोप थियो । तर, जिल्ला निर्वाचन समितिको सचिवालयमा भने ती नामहरु आएका थिएनन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology