(Saturday 25th of July 2026)
`

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने, संविधान र न्याय प्रशासन ऐनअनुसार बेन्च सञ्चालन गर्ने

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES
    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाले पदबाट राजीनामा नदिने बताउँदै नेपालको संविधान र न्याय प्रशासन ऐन अनुसार बेन्च सञ्चालन गर्ने बताएका छन् । मंगलबार काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने भन्दै संविधान र न्याय प्रशासन ऐन अनुसार बेन्च सञ्चालन गर्ने भनेर भनेको अभियानका संयोजक अधिवक्ता शिव अर्यालले जानकारी दिए ।

    संयोजक अर्यालले भने, ‘मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु भन्नुभएको छ । विधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु भन्ने उहाँको कुरा थियो ।’प्रधानन्यायाधीश जबराले आफूहरुलाई न्यायपालिकामा उत्पन्न समस्याबारे पनि थाहा भएको भनेर भनेको अभियानका संयोजक अर्यालले बताएका छन् ।

    मंगलबार अभियानले प्रधानन्यायाधीश जबरालाई आफ्ना ३ बुँदे मागहरु बुझाएको छ । मागभित्र १८ दिनदेखि न्यायालयमा हड्ताल सुरु भएको र हजारौँ सेवाग्राही मर्कामा परको भन्दै विनासर्त इजलास सुरु गर्न भनिएको छ । यस्तै, नेपाल बार एशोसिएसनले गोला प्रथाबाट पेशी तोक्ने भनेर उठाएको मागलाई तत्काल पूरा गर्नुपर्ने र न्याय किचबेच गर्ने न्यायाधीशहरुलाई पहिचान गरि तत्काल कारवाही गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology