नेपालगन्ज : चुनरी रे चुनरी उरगिल बा तोहार हावासे थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु जगतका चर्चित गायक उमेश मुस्कान र चर्चित गायीका अनु चौधरीको स्वरमा रहेको चुनरी रे चुनरी उरगिल बा तोहार हावासे बोलको म्युजिक भिडियो मंगलवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । सगरमाथा गन्तब्य दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रधानसम्पादक तथा प्रकाशक कृष्ण बहादुर जिसीले गितलाई क्लिक गरेर सार्वजनिक गर्नुभएको छ । गितको भाव र छायाङकनको उहाँले प्रशंसा समेत गर्नुभयो । चुनरी रे चुनरी बोलको गितले देशव्यापी रुपमा चर्चा पाउने उहाँले शुभकामना दिनुभएको थियो । गितमा चर्चित मोडल कृष्णराज अधिकारी र चर्चित मोडेल दुर्गाराना मगरको मुख्य भुमिका रहेको छ । मोडल कृष्णराज अधिकारीले ४ वटा फिल्ममा मुख्य भुमिका निभाईसक्नु भएको छ भने करिव ६० बढि म्युजिक भिडियोमा मोडलिङ्ग गरिसक्नु भएको छ । यस्तै मोडेल दुर्गा रानामगर भने २ वटा चर्चित चर्चित म्युजिक भिडियोमा मुख्य भुमिका निभाई सक्नुभएको डान्स डाइरेक्टर सुबेदीले बताउनुभयो ।

गितको छायाङ्कन बाँकेको रमणिय स्थान गाभर भ्याली र कोहलपुर नगरपालिका भित्र भएको डान्स डाइरेक्टर नवराज सुबेदीले जानकारी गराउनुभयो । गितको प्रोडुसर उदयलाल रानामगरको रहेको छ भने छायाङकन रामु चौधरीले गर्नुभएको । डान्स डाइरेक्सन चर्चित डाइरेक्टर नवराज सुवेदीको रहेको गितमा एरेन्ज केशब बडुले गर्नुभएको छ । भिडियो आरकेसी डिजिटल युट्युब च्यानलबाट प्रोडक्सन भएको सुटिङ्ग युनिटले जनाएको छ । गितमा विशेष सहयोगी चर्चित मोडेल सुनिता दहित र गणेश दहितको रहेको छ भने मेकअपमा लक्ष्मी चौधरीले साथ दिनुभएको छ ।

