(Saturday 25th of July 2026)
`

कुखुराको चल्ला सहित ४ जना नियन्त्रणमा

  • सगरमाथा गन्तब्य
  • 12.2K
    SHARES

    मनोज गोडिया, बर्दिया – जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले गुलरिया नगरपालिका वडा नं.८ स्थित भारतबाट अवैध रुपमा साईकलमा लोड गरी ल्याईरहेको कुखुराका चल्लाहरु सहित ३ जना भारतिय र १ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
    अन्दाजी ६३ हजार मुल्य बराबरका ४२० ओटा कुखुराका चल्लाहरु सहित ४ जना नागरिकलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि पशु क्वारेन्टिन कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology