नेपालगन्ज : चितवनको दुम्सीघोल ४ गैडाकोटमा होटल सेबेन हेवन २ संचालनमा आएको छ । शान्त तथा पारिवारीक वातावरणमा रहेको होटल सेबेन हेवन २ फेम्ली रेष्टुरेन्ट संचालनमा आएको हो । होटलमा नेपाली खाना, थकाली खाना, चाईनिज खाना, लोकल परिकार, आरामदायी बास बस्ने व्यवस्था लगायतको सुविधा सहितको होटल संचालनमा ल्याएको होटलका प्रोप्राईटर हरि चालिसेले जानकारी गराउनुभयो । होटलमा विवाह पार्टी, ब्रतबन्ध, सेमिनार, गोष्ठीका लागि उपयुक्त सुविधा सम्पन्न हल सहितको व्यवस्थापन रहेको प्रोप्राईटर चालिसेले बताउनुभयो । होटलबाटै जंगल सफारीका लागि गाडीको व्यवस्था, यातायातको सुविधा, पर्यटकिय क्षेत्र जानलाई हवाई टिकटको समेत व्यवस्था भएको सुविधा सम्पन्न होटल सेबेन हेवन २ संचालनमा ल्याएको उहाँले बताउनुभयो ।
