नेपालगन्ज : नेकपा एमाले नेपालगन्ज उप–महानगरपालिकाको प्रथम अधिबेशनबाट अध्यक्षमा दत्त प्रसाद आचार्य निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा हकिम हल्वाई, सचिवमा मोहित शाह, उप सचिबमा दिग्बिजय ढुंगाना, उपसचीवमा उषा थापा सदस्यहरुमा, आशा शाही, बेद प्रकाश बर्मा (बब्लु), बिनोद कुमार यादव, नकुल कुमार बर्मा, पुर्ण देव गिरी, बिनोद सोनखर लगायत नगर कमिटी सदस्यमा सर्व सम्मत निर्वाचित हुनु भएको हो ।
यस्तै नेकपा एमाले खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । खजुरामा सम्पन्न अधिवेशनले धिताललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहालाई चयन गरेको छ ।
नेकपा एमाले खजुरा गाउँपालिका कमिटी ७५ सदस्यीय भएका एमाले बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
यस्तै राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन ओली, सचिबमा सुधा थारु, उपसचिवमा पुर्ण चौधरी, उपसचिवमा धनश्याम बस्नेत गरि ४५ सदस्य कमिटि निर्वाचित गरेको छ । यस्तै नेकपा एमाले डुडुवा गाउपालिका कमिटिको प्रथम अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ । सर्वसम्मत निर्वाचित नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लन प्र पाण्डे, उपसचिवमा ध्रुव कुमार चौधरी बर्माको नेतृत्वमा ७३ सदस्यीय डुडुवा गाउपालिका कमिटि चयन गरेको हो ।
त्यसैगरि, नरैनापुरमा मंगलवार भएको अधिवेशनबाट पञ्चराम यादव सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादवलाई चयन गरेको एमाले नरैनापुरका इन्चार्ज शोहनलाल यादवले जानकारी दिनुभयो । नरैनापुर कमिटिमा ५९ जना निर्वाचित भएका छन् ।
