(Saturday 25th of July 2026)
`

नागरिक शिक्षित नभएसम्म बिकासको काम असम्भव : वडा अध्यक्ष भण्डारीलाल यादव

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    नेपालगन्ज : बि.स. २०२२ साल जेठ ११ गते बनकट्टी हल्कारापूरमा भण्डारी लाल यादवको जन्म भएको थियो । तिन भाईहरु मध्ये यादब जेठो हुनुहुन्थ्यो । एस.एल.सि. सम्मको शिक्षा हासिल गर्नु भएको भण्डारीलाल । उहाँ सानै उमेर देखि गहन बिचार र स्वतन्त्र बिचारधारमा अडिग हुनुका साथै सामाजिक सेवामा समेत समर्पित हुनुहुन्थ्यो ।
    एस.एल.सि. पछि माध्यमिक बिद्यालय बनकट्टीमा २५ बर्ष सम्म अध्यापन गर्नुभयो । त्यहि बेला देखि सामाजिक कार्य पनि गर्दै आउनु भएको थियो । बि.स. २०७४ सालदेखि सक्रिय रुपले राजनिति क्षेत्रमा प्रबेश गर्नभएको थियो । जसले गर्दा स्थानियबासिको मनमुटुमा बस्न सफल हुनु भयो । बाँकेको डुडुवा गाउँपालिकामा बिकास निर्माणको काम तीब्र गतिमा हुदै आएको छ । गाउँपालिकाले क्रमश प्रत्येक बर्ष बिकासमा फड्को मार्दे आएको छ । सुशासन र सदाचार तरिकाले काम गर्ने योजनामा रहेका वडा अध्यक्ष भण्डारीले वडाको योजनामा आफुले कार्यन्वयन गर्न नपाउँदा आफनो सपना अधुरो रहने बताउनुभयो । नागरिक शिक्षित नभए सम्म बिकास असम्भव भएकाले र आफु शिक्षण पेशाबाट पनि आएकाले शिक्षामा शिक्षाको स्तर बृद्धि गरेर वडाको बिकास गर्ने सोचका साथ अध्यक्ष पद समाल्नु भएको हो ।
    यस्तै आफनो वडामा करिब ९५ प्रतिशत नागरिक कृषि पेशामा भएकाले कृषकहरुका लागि अवश्यक बिउ मल भण्डार गरेर बितरण गर्ने योजना रहेको बताउनुभयो ।
    राजनीति कुनै पेशा होइन न त ब्यापार, यो एउटा स्वच्छ, निष्पक्ष एवं इमानदारीपुर्वक तथा स्वतन्त्र भएर जनताको सेवा गर्नु हो । यस अवस्थामा जनता र नेता विच सुमधुर सम्बन्ध कायम हुने गर्छ । यस्तै गाउँ स्तरबाट नागरिकसंग समन्वय गरेर बाटोघाटोको बिकास गर्ने, महिलाहरुको जिबिको पार्जनका लागि सिपमुलक तालिमको व्यवस्था, लगायतको क्षेत्रमा करिब २५ प्रतिशत मात्रै बिकास भएकाले आफ्नो सपना अधुरो रहने दाबी गर्नुभएको छ ।
    समाजिक कार्यका साथै वडावासिको हकहितको लागि तथा बिकास निर्माणका कार्यहरुमा पनि अध्यक्ष यादवले महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त भएपछि जनप्रतिनिधिको सेवा सुबिधाका लागि खटिरहनु भएको छ । साथै आफुले प्राप्त गर्ने पारिश्रमिक धारा, सडक पिसिसि, साधुसन्त बस्ने कुटीको निर्माण, सिचाईका लागि ट्युबेल निर्माणमा सहयोग तथा वडाका गरिब नागरिकहरु बिरामी हुँदा सहयोग समेत गर्दै आएको जानकारी दिनुभयो ।
    बाँकेको डुडुवा गाँउपालिका स्थित वडा नं.३ का वडावासिहरुमा खुसियाल िछाएको छ । जसले गर्दा बिकास निर्माणका कार्यहरु तिब्रताका साथ भएका छन । आफू निरन्तररुपमा कुशल जनसेवक भएर जनताको हकहितको लागि तथा जनता प्रति भईरहेको चरम शोषण बिरुद्ध आवाज उठाउने र सधै स्वतन्त्रता पुर्बक सेवा गर्दै आफ्नो पुरा जिबन राजनीति र समाजसेवामा बिताउने तथा बिकृति र विसंगतिको बिरुद्धमा लडीरहने अध्यक्ष यादवले बताउनुभयो ।
    वडामा बालबिवाह न्यूनीकरण र रोकथामका लागि समेत विभिन्न कार्यक्रमहरु गरेका थियौ । त्यस्तै महिला हिंसाको समस्यालाई रोकथाम तथा नियन्त्रण गरिरहेका छौँ । भौतिक पुर्वाधार बिकास तर्फ सडक निर्माण देखि बिजुली खाने पानी शिक्षा, स्वास्थ्य, कृषि, जस्ता कामहरु भएका छन । वडा अन्तर्गतका विभिन्न टोलहरुमा नाली निर्माण पिपिसी ढलान, समेत भएको छ । यसरी जनताको हकहितका लागि सदैव आफू अगाडि बढ्ने जानकारी दिनुभएको छ । लक्षित बर्गको कार्यक्रम ,सिपमुलुक तालिम, निर्माणकार्य बिजुली बत्ती, खानेपानीको ट्यांकी धारा निर्माण तथा अपांगका लागि बिशेष योजना बनाएर कार्यक्रमहरु सम्पन्न गरिरहेको भन्नुभयो । वडावासिहरुमा जनचेतनाको कमि भएकोले गर्दा केही बिकास निर्माणकार्यमा बिवाद उत्पन्न भएपनी तिनीहरुको सामना गर्दै अगाडि बढ्नु भएको छ । शैक्षिक भवन तथा स्वास्थ्य, मठ मस्जिद, मन्दिर लगायतका भवनहरुको मर्मत सम्भार पनि गर्दै जाने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology