(Saturday 25th of July 2026)
`

बी–ग्रुपद्धारा बर्दिया र कैलालीका बाढी प्रभावितलाई राहत सहयोग

  • सगरमाथा गन्तब्य
  • 11K
    SHARES

    बर्दिया –  भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले केयर नेपालको सहयोगमा गेरुवा गाउँपालिकासँगको समन्वय गरी कमैया महिला जागरण समाज नेपाल बर्दियासँगको सहकार्यमा मानविय साझेदारी मञ्च अन्तर्गत बाढीबाट प्रभावित भएका गेरुवा गाउँपालिका वडा नं. २ र ३ का जम्मा २१० घरपरिवारलाई कार्तिक ६ गते स्वच्छता सामाग्री सेट राहत सहयोग उपलब्ध गराएको छ । त्यसैगरी यूके एडको आर्थिक सहयोगमा केयर नेपालसँगको साझेदारी एवं सामाजिक विकासका सचेत समाज (ऋक्क्म्) कैलालीसँगको सहकार्य र टिकापुर नगरपालिकासँग समन्वय गरी नगरपालिकाको वडा नं. ८ का बाढीबाट प्रभावित भएका २७५ घरपरिवारलाई कार्तिक ७ गते सेल्टर किट सहयोग उपलब्ध गराईएको छ ।
    राहत सहयोग स्वरुप उपलब्ध गराएको सेल्टर किट बी–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले टिकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्लालाई हस्तान्तर गर्नु भएको बी–ग्रुपका निर्देशक डम्मर सुनारले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology