नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा निशुल्क कान जाँच शिविर शनिवार सम्पन्न भएको छ । एमवाईएफएन टिमको आयोजना तथा बिएन सामुदायिक कान उपचार सेवा नेपालगन्जको सहयोगमा एक दिने निशुल्क कान जाँच शिविर संचालन गरिएको हो ।
नेपालगन्जको आईडियाल पव्लिक माविमा संचालन गरिएको निःशुल्क कान जाँच शिविरमा १ सय ९१ जनाले सेवा लिएका थिए । जसमा पुरुष–४७ र माहिला– १ सय ४४ जनाले सेवा लिएको समाजसेवी ओबैद रहमान खानले जानकारी गराउनुभयो ।

