नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक वडा अधिवेशन बाँकेको आठ वटै स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । आठ वटै स्थानिय तहमा वडा अध्यक्ष सहित सर्वसम्मत कमिटि गठन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक वडा अधिवेशनबाट कोहलपुर नगरपालिकामा सम्पन्न भएको छ । नगरका १५ वटै वडाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका छन् । जसमा कोहलपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा अमर लामिछाने चयन भएका छन् । वडा अधिवेशनबाट लामिछानेको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । जयसको उपाध्यक्षमा कृष्ण बहादुर घिमिरे सचिवमा खिमलाल बास्तोला रहेका छन् । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. २ को अध्यक्षमा प्रेम बहादुर थापा मगर चयन भएका छन् । वडा अधिवेशनबाट थापा मगरको सभापतित्वमा ३१ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा कृष्णलाल शर्मा, सचिवमा शान्त बिसी, सहसचिवमा केजु बिक र मिना बिसी रहेका छन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ३ को अध्यक्षमा छविलाल आचार्य चयन भएका छन् । वडा अधिवेशनबाट आचार्यको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ४ को अध्यक्षमा मोहम्मद सफि गुजर चयन भएका छन् । वडा अधिवेशनबाट गुजरको सभापतित्वमा १७ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ५ को अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । वडा अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा १५ सदस्यीय वडा कमिटि चयन भएको छ ।

त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ६ को अध्यक्षमा नारायण पोखरेल चयन भएका छन् । वडा अधिवेशनबाट पोखरेलको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ७ को अध्यक्षमा ठग्गा थारु चयन भएका छन् । वडा अधिवेशनबाट थारुको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ८ को अध्यक्षमा पहलमान खड्का चयन भएका छन् । वडा अधिवेशनबाट खड्कको सभापतित्वमा ३१ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा अमरसिंह सुनार, सचिवमा नविन रावल, सहसचिवमा दुर्गा बुढाथोकी र पूर्ण पौडेल लगायत ३१ सदस्यीय वडा कमिटि चयन भएको छ ।त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ९ को अध्यक्षमा नन्दराम थारु चयन भएका छन् । वडा अधिवेशनबाट थारुको सभापतित्वमा १७ सदस्यीय वडा कमिटि चयन भएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १० को अध्यक्षमा मकर रोकाया चयन भएका छन् । वडा अधिवेशनबाट रोकायाको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ को अध्यक्षमा सालिकराम लम्साल चयन भएका छन् । वडा अधिवेशनबाट लम्सालको सभापतित्वमा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १२ को अध्यक्षमा प्रेम राना चयन भएका छन् । वडा अधिवेशनबाट रानाको सभापतित्वमा २१ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा लाल बहादुर बाठा, सचिवमा बिमला बिसी, उपसचिवमाराजु परियार र विरु पिाण्डे लगायत २१ सदस्यीय वडा कमिटि चयन भएको छ ।
नेकपा एमालेकोे कोहलपुर नगरपालिका वडा नं. १३ को अध्यक्षमा रुपसिंह डाँगि चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक वडा अधिवेशनबाट डाँगिको नेतृत्वमा नयाँ कार्य सिमिति चयन भएको छ । जसको उपाध्यक्षमा पबित्रा रावल, सचिव लाल बहादुर बुढाथोकी, उप सचिव शुक बहादुर पचभैया, उपसचिवमा गुरूवचन थारु लगायत २६ सदस्यीय वडा कमिटि चयन भएको छ ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १४ को अध्यक्षमा गोपाल गिरी चयन भएका छन् । वडा अधिवेशनबाट गिरीको सभापतित्वमा २५ सदस्यीय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा तिलक बिक, सचिवमा खिम बहादुर थापा मगर, उपसचिवमा सुमित्रा भण्डारी र दिनानाथ चौधरी लगायत २५ सदस्यीय वडा कमिटि चयन भएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १५ को अध्यक्षमा घुर्का थारु चयन भएका छन् । वडा अधिवेशनबाट थारुको सभापतित्वमा २१ सदस्यीय वडा कमिटि चयन भएको छ ।

यस्तै खजुरा गाउँपालिका ८ वडामा एमालेले सर्वसम्मत वडा कमिटी निर्वाचित गरेको छ । ३१ सदस्यीय कार्यसमिति चयन गर्दै वडा नं. १ मा मगनसिंह थापा, २ मा डिबी तामाङ, ३ मा पूर्ण बहादुर भण्डारी, ४ मा बलबहादुर कठायत, ५ मा सैजात शेष, ६ मा प्रेमलाल श्रेष्ठ, ७ मा अतिउल्ला खां र ८ मा वासिर खां सर्बसम्मत निर्वाचित भएका छन् । वडा नं. ३ को अधिवेशन उदघाटन गर्दै नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले गुटविनाको पार्टी निर्माणमा अगाडी बढेको बताउनुभयो ।
उहाँले स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमाले वडा अधिवेशन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पार्टी सुदृढीकरण भएर गएको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश सदस्य वेदनिधि प्याकुरेलले पार्टी र संगठन निर्माणको जगको रूपमा वडा रहेको बताउनुभयो ।
यस्तै नेकपा एमाले राप्तिसोनारी गाउँपालिका भित्र रहेका वडा नम्बर १,२,३,४,५,७,८र ९ मा प्रथम वडा अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ वडा नं. १ को अध्यक्षमा याम बहादुर खडकाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । यस्तै वडा नम्बर २ मा घनेश्याम ओलीको अध्यक्षमा २१ सदस्यीय वडा कमिटी गठन भएको हो । वडा नम्बर ३ मा मिनकुमार थारु अध्यक्ष रहेको ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर ४ मा मनिराम थारु अध्यक्ष रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
वडा नम्बर ५ मा शेर बहादुर विक अध्यक्ष रहेको २१ सदस्यीय वडा कमिटी गठन गठन भएको छ । वडा नम्बर ७ मा विश्राम थारु अध्यक्ष रहेको २५ सदस्यीय वडा कमिटी चयन गरिएको हो । वडा नम्बर ८ मा सालिकराम डाँगी अध्यक्ष रहेको ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । यस्तै वडा नम्बर ९ मा सोहनलाल थारु अध्यक्ष रहेको १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । यस्तै वैजनाथ गाउँपालिका का ८ वटै वडामा सर्वसम्मत वडा अध्यक्ष र पदाधिकारी चयन गरिएको छ । वडा नं १ क मा धनभक्त बुढा अध्यक्षमा चयन हुनुभएको छ । वडा नं २ क मा शेर बहादुर बस्नेत अध्यक्षमा चयन हुनुभएको छ ।
यस्तै वडा नं ३ क मा काली बाहादुर सिंह अध्यक्षमा चयन हुनुभएको छ । वडा नं ४ क मा राम बाहादुर बम अध्यक्षमा चयन हुनुभएको छ । यस्तै वडा नं ५ मा चन्द्र बहादुर खड्का अध्यक्षमा चयन हुनुभएको छ । वडा नं ६ मा पुतली हमाल अध्यक्षमा चयन हुनुभएको छ । वडा नं ७ क मा महेश थारु अध्यक्षमा चयन हुनुभएको छ । वडा नं ८ क मा रूप लाल खत्री अध्यक्षमा चयन हुनुभएको छ ।

यस्तै नेकपा एमाले डुडुवा गाउँ पालिका वडा नं १ को अधिवेशनले राम किशुन खटिक अध्यक्षमा, उपाध्यक्षमा कुशमा देबी कुर्मी, सचिवमा भिखु बडहि, उप सचिवमा लख राज तमोलि, उपसचिवमा लक्ष्मी देबि लोनिया, श्याम नारायण यादव समेत ३१ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओलिले देशैभरीका वडा अधिवेशनको भर्चुल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।
