(Saturday 25th of July 2026)
`

सेनिटरी प्याड निःशूल्क गर्न नेपालगन्जमा विरोध प्रदर्शन

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : सेनिटरी प्याड निःशूल्क माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विरोधमा मंगलवार नेपालगन्जमा बिरोध प्रदर्शन गर्दै सरकारसंग निशुल्क प्याड वितरणको माग गरेका हुन् । महिनावारी मैत्रीवातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।
    ‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निः शूल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । ¥यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिनुभयो ।
    जिल्ला प्रशासन कार्यालय र आठ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाईने कार्यक्रम सहित आज विरोध प्रदर्शन गरिएको गुरुङले बताउनुभयो ।

    नेपाल पुरुष प्रधान देश भने जस्तै प्रत्येक स्वास्थ्य चौकीबाट निशुल्क रुपमा कण्डम बितरण गरेको छ । तर महिलाहरुलाई अति आवश्यक रुपमा चाहिने सेनेटरी प्याडमा सरकारले करबृद्धि गरेको कारण बिरोध प्रदर्शन गरिएको बाल अधिकारकर्मी अंकित मिश्राले बताउनुभयो । साँंकेतिक बिरोध प्रदर्शन गरि नेपाल सरकारले तत्काल रुपमा प्याडलाई निःशुल्क बितरण गर्न पर्ने मिश्राले बताउनुभयो ।
    स्थानीय सरकारले प्रत्येक बिद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भैसकेको बताएपनि त्यो अनुसार अझै सेवा सुबिधा नपाएको युवाहरुको भनाई थियो । विरोध प्रदर्शन कार्यक्रममा किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध ¥याली प्रदर्शन गरिएको थियो । उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशूल्क गराउनु पर्ने माग राखेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology