(Saturday 25th of July 2026)
`

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 16.9K
    SHARES

    नेपालगन्ज : कोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । आफ्नै श्रीमतीलाई कटपिट गरी नालामा फाल्ने एक जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका ३ भगरीयाका ३४ वर्षिय प्रकाश न्यौपानेलाई पक्राउ गरेको जनाएको छ ।
    न्यौपानेले कुटपिट गरेर श्रीमती (लक्ष्मी) लाई घर नजिकैको नालामा फालेको अवस्थामा स्थानियले फेला पारेका थिए । कुटपिटबाट गम्भीर घाईते भएकी लक्ष्मीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले घटनामा संलग्न न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology