(Saturday 25th of July 2026)
`

बाँकेमा मधेश मिडिया मिशन गठन, अध्यक्षमा चन्द्रेश्वरराज त्रिपाठी

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज, ९ असोज – मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला कार्य समितिको जिल्ला भेलाद्वारा शनिबार नयाँ कार्यसमिति चयन गरिएको छ । चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा गठित मधेश मिडिया मिशन नेपालको बाँके जिल्ला शाखा उपाध्यक्षमा मनोजकुमार कौशल, सचिवमा सन्ध्या शर्मा र कोषाध्यक्षमा चन्दा सिंहलाई भेलाद्वारा सर्वसम्मत चयन गरिएको छ ।यसैगरी सदस्यहरुमा समिर अली, शुभम् शर्मा, आकाश गुप्ता, शकिल अहमद राई र अशोककुमार मौर्यलाई चयन गरिएको छ ।
    नव गठित जिल्ला शाखा अध्यक्ष त्रिपाठीले मधेश मिडिया मिशन नेपालद्वारा हालसम्म गरिएको कार्यहरु सराहनी भएको भन्दै अगामी दिनमा अवधी भाषी पत्रकार मित्रहरुको बृहत विकासका लागि कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।


    नेपाल पत्रकार महासंघ लुम्बिन प्रदेश सदस्य मो. आरिफ अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलामा विशिष्ठ अतिथि कशौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्य, अवधी साँस्कृतिक प्रतिष्ठानका बिष्णुलाल कुमाललगायतले अगामी नेतृत्वको सफलताको शुभकामनाका साथै अवध क्षेत्रको मातृभाषा अवधी भाषीको पहिचान जोगाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
    मधेश मिडिया मिशन नेपालका अध्यक्ष चन्द्रशेखर पाण्डेको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सन्ध्या शर्माले गरेका थिईन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology