नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा भन्सार छलि गरेको सामान बरामद गरेको छ । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान बरामद गरेको हो । भन्सार छलि गरेको सुर्ती, बिभिन्न लत्ताकपडा लगायतका सामान करिब ९३ हजार ९ सय ९५ रुपैया बराबरको – (त्रियानब्बे हजार नौ सय पन्चानब्बे) सामान बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जानकारी गराएको छ ।
