(Saturday 25th of July 2026)
`

एक ट्रक औषधी प्रहरीको नियन्त्रणमा

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    वीरगन्ज :  वीरगन्जमा शंकास्पद एक ट्रक औषधी सहित एक जना चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नं. २ को सरोज मियाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, शनिबार ९:३० बजे पर्सा जिल्ला वीरगन्ज प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित ना. ३ ख. १३३५ नं. को ट्रकमा शंकास्पद चेकजाँच गर्नुका साथै आयात गर्न ईजाजतपत्र र चिकित्सकको स्वीकृति पत्र नलिएको प्रहरीले बताएको छ । उक्त ट्रक भित्र १३ लाख ४८ हजार सात सय छियत्तर रुपैयाँको बराबरको ७८६ कार्टुन प्लोय्विओन २५० एम. एल सिरप औषधी फेला पारी संलग्न ट्रक चालक मियाँलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज औषधी व्यवस्था विभाग कार्यालय ,पर्सामा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology