(Saturday 25th of July 2026)
`

कोहलपुरमा आधारभूत अस्पताल संचालन

  • सगरमाथा गन्तब्य
  • 12.9K
    SHARES

    नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकाले नं. २ मा १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको छ । नगरपालिकाले वडा नं. २ मा कोभिड अस्थाई अस्पतालमा रुपमा रहेको अस्पताललाई आधारभूत अस्पतालका रुपमा संचालनमा ल्याएको हो । कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावत उपप्रमुख सन्जु कुमारी चौधरीले संयुक्त रूपमा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन् । सो अस्पतालको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर नगर भित्रका आम नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि आधारभूत अस्पताल संचालनमा ल्याईएको बताएका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको तेस्रो लहर आउने अवस्थामा कोहलपुर क्षेत्रका आम नागरिकको जीवन रक्षा स्थानिय सरकार चिन्तित रहेको बताउँदै कोभिड र ओपिडि सेवा समेत संचालन हुने उनले बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द बहादुर केसीले नेपाल सरकारले प्रत्येक स्थानिय तहमा आधारभूत अस्पताल संचालनमा ल्याउने लक्ष्यका साथ अस्पताल संचालनमा ल्याईएको बताउँदै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्ति सहित स्वास्थ्य सेवा उपलब्ध हुने बताएका छन् ।
    कार्यक्रममा आधारभूत अस्पतालका डा. आषिश झाले अस्पतालमा ओपिडि सेवा सम्पूर्ण रुपाम निःशूलक हुने बताउँदै बिमा लगायतका अन्य स्वास्थ्य सेवाहरु पनि उपलब्ध गराईने उनले बताएका छन् । साथै सो अस्पतालमा दुई जना मेडिकल अधिकृत, दुई जना नर्स, दुई जना पारा मेडिक्स सहितको जनशक्ति रहने कोहलपुर नगरपालिका नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले जानकारी दिएका छन् । यसका साथै आधारभूत अस्पतालबाट करिब ७० प्रकारका औंषधी उपलब्ध हुने उनले बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कर्णसिंह बिसीले कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिला प्राथमिकता दिएको बताउँदै नगरभित्र यस्ता अन्य अस्पतालहरु पनि संचालनमा ल्याउन आवश्यक रहेको बताएका छन् ।कार्यक्रममा कोहलपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियार, विधायन समितिका संयोजक भिम बहादुर नेपाली, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology