नेपालगन्ज – कोरोना कहरमा श्रीकृष्ण जन्मअष्टमी मनाईदै छ । बाँकेको नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवर भवानी मन्दिर, खजुरा लगायतका क्षेत्रका मठमन्दिरमा पुजाआज गरि कृष्ण जन्मअष्टमी मनाउदै छन् । नेपालगन्जको बागेश्वरी मन्दिरमा विहानै देखि कृष्णजन्मअष्टमी पर्व मनाईरहेका बर्तालुहरु पुजाआज गरि जन्मअष्टमी मनाएको बागेश्वरीका पुजारीको भनाई छ । कोरोना कहरमा पनि पर्व मनाएका छन् । लकडाउनका कारण गतसाल जन्मअष्टमी मनाउन नपाएका बर्तालुहरु यस बर्ष भने धुमधामका साथ बर्त बनाईरहेका छन् । विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण मन्दिरमा खासै चहल पहल छैन । कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने बागेश्वरी मँिन्दरमा यसबर्ष भने खासै चहलपहल नरहेको स्थानिय बुद्धिराम ढकालले भन्नुभयो ।

कृष्ण जन्मअष्टमी पर्व थारु समुदायले भने फरक किसिमले मनाउने गरेका पाईन्छ । थारु समुदायले विहानैदेखि भोकै बसि साँझापख सामुहिक रुपमा पुजापाठ गरि मनाउने गरिन्छ । सामुहिक रुपमा मनाउने कृष्ण जन्मअष्टमीमा उनिहरुले घरबाट दियो बाली लिएर नजिकैको मठमन्दिर या बडघरको घरमा गई सामुहिक रुपमा कृष्ण जन्मअष्टमी मनाउने गर्दछन् । दिनभरी भोकै बसेका उनिहरु ४ बजे पुजापाठ गरेर फलफुल खाने र साँझा पुन पुजापाठ गरेको ठाउमा गई नाचगान तथा गित गाउने चलन रहेको थारु अगुवा हेमेन्द्र चौधरीले भन्नुभयो । रातभरी रमाईलो गर्ने र विहानै मिठा मिठा परिकार बनाएर पुजापाठ गरि एक भाग दिदीवहिनीको लागि छुट्याई उनिहरुको पु¥याउने चलन रहेको उहाँले बताउनुभयो । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ ।

