सहाबुद्दिन हलवाई : नेपालगन्ज , ०३ असार – नेपाल मुस्लिम संघ बाँकेले राष्ट्रिय सार्वजनिक विदाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
मुस्लिम समुदायको श्रावण ६ गते आउँदै गरेको दोस्रो महान पर्व ईदुल अजह पुन: स्थापित गर्नुका साथै राज्यले मुस्लिम समुदायको चाडपर्वमा राष्ट्रिय सार्वजनिक विदा कटौती गरी सामुदायिक स्तरको विदा दिएकोमा आईतवार संघले आपत्ति जनाउँदै पुनः विदाको माग गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई नेपाल मुस्लिम संघ बाँकेले ज्ञापनपत्र बुझाएको हो ।
ईस्लाम धर्मलम्वीहरुको महान पर्व ईदुल फित्र ( ईद ) , ईदुल अजह ( बक्राईद ) र मोहम्मद जयन्ती चाडपर्वमा समेत नेपाल सरकारले राष्ट्रिय विदा दिदै आएको थियो भने यस वर्ष तत्कालीन प्रधानमन्त्री एवं ( एमाले ) अध्यक्ष केपी शर्मा ओली द्वारा सामुदायिक स्तरको विदा दिने घोषणा गरेका थिए ।
सरकारले मुस्लिम समुदायको आस्था र भावना माथि खेलवाड गर्नुका साथै त्रिभुवन विश्व विद्यालयले बारम्बार विदाकै दिन परिक्षा तालिका सार्वजनिक गरि मुस्लिम बिद्यार्थीहरुलाई चाडपर्व मनाउनबाट बञ्चित गराउँदै आएको छ ।
नेपाल मुस्लिम संघ बाँकेका सभापति माननीय मोहम्मद याकुब अन्सारीले बुझाएको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम गालेलले सम्बन्धि निकायमा पुर्याउने प्रतिबद्धता समेत जिकिर गर्दै मुस्लिम समुदायको महान चाड ईदुल फित्र ( बक्र ईद ) लाई सबैले स्वास्थ्य सुरक्षा सतर्कता मापदण्डलाई पालना गरेर मनाउन आग्रह समेत गरेका थिए ।
