(Saturday 25th of July 2026)
`

सुनो सजनी मोरमा सन्दिप र सामुको रोमान्स

  • सगरमाथा गन्तब्य
  • 16.7K
    SHARES

    नेपालगन्ज – चर्चित मोडल तथा डान्सर सन्दिप बिसी र चर्चित मोडेल सामु चौधरीको सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । गायक कुमार प्रितम र गायीका सुमन गुप्ताको स्वरमा रहेको सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । ४ भाषामा रहेको सो म्युजिक भिडियो गितमा हिन्दी, नागपुरी, थारु र राना थारु भाषामा रहेको छ । गितकाे कोरियोग्राफरमा दिलु राना मगरले साथ दिनु भएकाे छ । शब्द सङ्गीत निर्देशक सुनिल सागरको रहेको छ भने कर्णाली डिजिटल स्टुडियो अतरिया कैलालीमा गित रेकडिङग भएको हो । सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार भन्ने गितको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणिय स्थलमा भएको कलाकार सुटिङ युनिटले जनाएको छ । केही दिनमा भिडियो सार्वजनिक गरिने सुटिङ युनिटको दाबी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology