(Saturday 25th of July 2026)
`

चर्चित मोडल बिवश र मस्तिराम अब गायनतर्फ जम्दै

  • सगरमाथा गन्तब्य
  • 14.8K
    SHARES

    नेपालगन्ज २९ असार – चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा कथाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि प्रबेश गरेका छन् । लामो समय मोडलिङ्ग क्षेत्रमा जमेका चर्चित मोडल तथा डाइरेक्टर बिबश जिएच र मोडल तथा रचनाकार मस्तिराम चौधरी (मस्तैला) गायन तर्फ पनि डेब्यु गरेका हुन् । धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) को लागि चर्चित गायक खेम भौगरिया, मोडल, बिबश जिएच र मस्तिराम चौधरी (मस्तैला) ले सो टेलिसिरियलका लागि श्वर दिएका छन् । कर्णाली रेकडिङग स्टुडियो अतरिया कैलाली स्टुडियोमा रेकडिङ्ग भएको छ । सो गितमा ३० बढि कलाकारहरुले भिडियोमा खेलाउने उद्देश्य रहेको कलाकार मस्तिराम चौधरी (मस्तैला) ले बताउनुभयो । चर्चित चर्चित कलाकारको जम्बो टिम भिडियोमा सहभागिता गराउने लक्ष्यका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।
    वाई.एस मिडिया प्रालि युट्युव च्यानलले धतंगा टेलिसिरियलको छायाङकन गरि सार्वजनिक गर्ने कलाकार बिबश जिएचले जानकारी गराउनुभयो । थारु भाषामा आधारित धतंगा टेलिसिरियल केही दिनमा आउने सुटिङग युनिटको दाबी छ । धतंगामा डाइरेक्सन सन्देश के चौधरीले गर्नुभएको छ भने छायाङकन सम्पादन एम बहादुर थारुको रहेको छ । धतंगाको स्टोरी खेम भौगरियाले गर्नुभएको छ । यस्तै कथा÷सम्बाद मस्तिराम चौधरी (मस्तैला) र सन्देश कुमार चौधरीको रहेको छ । धतंगामा मुख्य कलाकार चर्चित मोडल तथा डाइरेक्टर विवश जिएच, गायक, खेम भौगरिया, मोडल मस्तिराम चौधरी (मस्तैला), चर्चित डाइरेक्टर सन्देश के चौधरी, चर्चित मोडल शिशिर धम्लहवा, मोडल लाल धानी थारु, मोडल मनोज थारु, मोडल विकास थारु लगायतको मुख्य भुमिका रहेको छ । वाई एसले निर्माण गरिएको धतंगा भाग १ हो यसलाई निरन्तरता दिने धतंगा ग्रुपले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology