(Saturday 25th of July 2026)
`

२ थान पाटे बाघको छाला सहित २ जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 10.5K
    SHARES

    नेपालगन्ज १७ असार – पाटे बाघको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके बैजनाथ गाउँपालिका वडा नं.४ तिलकपुर स्थित भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु पाटे बाघको छाला ल्याईरहेको सुचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले जिल्ला अछाम मेललेख गाउँपालिका वडा नं.३ दर्पा बस्ने २७ बर्षिय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नं.५ बस्ने ३५ बर्षिय नन्दु बुढालाई प्रक्राउ गरेको आज जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ परेका डम्मर र नन्दुले बोकी ल्याएको झोलाहरु खानतलासी गर्दा दुर्लभ बन्यजन्तु पाटेबाघको छाला थान–२ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका नन्दु र डम्मरलाई आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology