(Saturday 25th of July 2026)
`

कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग प्रदान

  • सगरमाथा गन्तब्य
  • 18.1K
    SHARES

    नेपालगन्ज – कोरोना प्रभावित अति बिपन्न परिवारलाई रुम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रमअन्तरगत रुम टु रिडले सो सामाग्री सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख अनन्त कुमार पौड्याल, रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्य, कार्यक्रम सहायक बसन्ती शाही लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोहलपुर नगरपालिकाका बिभिन्न वडामा रहेका अति बिपन्न २९ घरपरिवारलाई सो सामाग्री सहयोग गरिएको रुम टु रिडका बरिष्ठ लेखा तथा प्रशासन सहायक आचार्यले बताउनुभयो । मंगलबार नै बैजनाथ गाँउपालिकाका १६ र राप्तीसोनारी ढकेरीका १० जना अति बिपन्न घरपरिवारलाई पनि सो सामाग्री सहयोग गरिएको आचार्यले जानकारी दिनुभयो ।

    वितरण गरिएको सामाग्रीमा प्रत्येक घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, २ किलो च्युरा, ६ वटा साबुन र ५० थान मास्क रहेको कार्यक्रम सहायक बसन्ती शाहीले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै शिक्षा प्रमुख पौड्यालले कोभिडले गर्दा अतिनै प्रभावित भै समस्यामा परेका घर परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेर रुम टु रिडले प्रशंसनीय काम गरेको बताउनुभयो । त्यसैगरि बाँकेकै खजुरामा बसोबास गर्ने अति बिपन्न १५ घर परिवारलाई पनि बुधबार खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिने रुम टु रिडले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology