(Saturday 25th of July 2026)
`

मयूर स्टील इण्डष्ट्रिज संचालनमा

  • सगरमाथा गन्तब्य
  • 27.9K
    SHARES

    नेपालगन्ज १२ फागुन – मयूर स्टील इण्डष्ट्रिज संचालनमा आएको छ । जानकी गाउँपालिका ४ मानपुर स्थित रहेको मयुर स्टील इण्डष्ट्रिजले एक समारोहको आयोजना गरि आफ्नो कार्य शुभारम्भ गरेकोे हो । उद्योग वाणिज्य आपुर्ति राज्यमन्त्री विमला विकले मयुर स्टील इण्डष्ट्रिजको उद्घाटन गर्नुभएको छ ।
    उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री बिकले मयूर स्टीलको सफलताको शुभकामना दिनुभएको थियो । कम्पनीले किचन सिन्क उत्पादन गरि सेवा प्रवाह गर्ने कम्पनीले जनाएको छ । किचनका गुणस्तरिय सामाग्री उत्पादन गरि बिक्री वितरणमा जोड दिन उहाँले आग्रह गर्नुभयो । कम्पनीको कार्य बारेमा शम्भुनाथ झाले जानकारी गराउनुभएको कार्यक्रमको अध्यक्षता कम्पनीका प्रोप्राईटर विभा झाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology