(Saturday 25th of July 2026)
`

खजुरामा लैङ्गिक मूल्यमान्यता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    खजुरा र खजुराका स्थानीय सरोकारवालाले सामाजिक हानिकारक लैङ्गिक मूल्यमान्यताले अझै पनि समाजमा नकारात्मक प्रभाव पारेको बताएका छन् । भेरी वातावरणीय विशिष्टता समुह९ बि–ग्रुप० र अक्सफाम नेपालको साझेदारीमा सन्चालित “स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना” अन्तर्गत लैङ्गिक मूल्यमान्यता, स्याहार कार्य बारे स्थानीय सरोकारवाला र सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन ।
    सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङ्गले लैङ्गिक मूल्य–मान्यता र स्याहार कार्य बारे प्रशिक्षण दिनुभएको थियो । त्यसै गरि खजुरा गाउँपालिका महिला शाखा प्रमुख सुशिला न्यौपानेले लैङ्गिक हिंसा र लैङ्गिकताको अवधारणा बारे प्रष्ट पार्नु भएको थियो । बि–ग्रुपका मनोविमर्शकर्ता हेम कुमारी बिसीले मनोसामाजिकको समस्या पहिचान र समस्या समाधान कसरी गर्ने भन्ने बारे प्रशिक्षण गरेकी थिईन् ।
    सो अन्तरक्रिया कार्यक्रममा खजुरा गाउँपालिकाका आठ वटै वडाका महिला सदस्यहरु, सन्चारकर्मी, बालक्लबको पदाधिकारी,शिक्षक,महिला स्वयंसेविका, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    भेरी वातावरणीय विशिष्टता समुह ९ बि–ग्रुप ०ले अक्सफाम नेपालको साझेदारीमा खजुरा गाउँपालिकाको वडा नं।१,२,३,४ र ८ मा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना सन्चालन भएको छ ।
    कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र स्वच्छता र स्वास्थ्य व्यवहारमा दिगो सुधार गर्नका लागी साथै लैङ्गिकताको आधारमा घर र समुदाय स्तरमा घरायसी कार्यमा महिला र पुरुषको समान सहभागिताको लागि प्रोत्साहित गर्ने परियोजनाको उद्धेश्य रहेको बि–ग्रुपका कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।
    खजुरामा लैङ्गिक मूल्यमान्यता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology