(Saturday 25th of July 2026)
`

अन्यायको विरुद्धमा अवाज उठाउन जरुरी

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES

    नेपालगन्ज २ फागुन – अन्याय अत्याचार र बलात्कारको विरुद्धमा आवाज उठाउन जरुरी रहेको एक कार्यक्रममा जोड दिइएको छ । किशोरी र महिलाहरु बलात्कारको शिकार हुन नपरोस र दोसीलाइ कानुन बमाजिमको कारवाहि होस भन्ने उदेश्यले अन्तरपाटि महिला संजाल बाँकेले फागुन २गते विपि चोक नेपालगन्जमा साझ ५ बजे दिप प्रज्वलन कार्यक्रम सम्पन्न गर्यो । अन्तरपाटी महिला संजाल बाँकेद्धारा बैतडिकी भागरथी भट्टको बलात्कार पछि हत्या गरीएको घटनाको विरुद्ध र मृतकको आत्माले शान्ती पाओस भन्ने उदेश्यले आयोजना गरीएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपालगन्ज उप– महानगर पालिकाका उप–प्रमुख उमा थापाले कुनै पनि किशोरी बलात्कारको शिकार हुन नपरोस भन्दै किशोरी र महिलाले आफु अन्यायमा परेमा सहेर बस्न नहुने बताउनु भयो ।
    अबका दिनमा किशोरीहरु बलात्कारको शिकार हुन नपरोस भन्दै महिला र किशोरीलाइ सुरक्षा देउ, भागरथी भट्टलाइ न्याय देउ भन्ने मूला नाराका साथ आयोजना गरीएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै उप –प्रमुख थापाले हत्या हिंसाका घटना बढ्दै गएको र महिलाले न्याय पाउन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।
    भागरथीका हत्यारालाइ कारबाहिको माग गर्दै अन्य किशोरीहरु यसरी बलात्कारको शिकार हुुन नपरोस किशोरीले सुरक्षित भएर हिडडुल गर्न पाउन र भागरथीको आत्माले शान्ति पाओस भन्ने उदेश्यले दिप प्रज्वलन गरीएको अन्तरपाटी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले बताउनु भयो । बैतडि जिल्ला दोगसुडाकेदार गाउंपालिका वडा नं.७ चडेपानी निवासी १२ कक्षामा अध्ययनरत १७ बर्ष कि किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटना प्रति खेद प्रकट गर्देै संजालले यस अघि जिल्ला प्रशासन कार्यालय बाँके मार्फत गृहमन्त्रिलाइ ज्ञापन पत्र बुझाइसकेको छ ।


    माघ २१गते बुधबार विहान विद्यालय गएकी भट्ट भोली पल्ट मृत फेला परेको र घटनाको १२दिन वितिसक्दा पनि दोषीलाइ कारवाहि नगरीएको प्रहरीले समेत बलात्कार पछि हत्या भएको भनिरहेको अवस्थामा दोषी पक्राउ गर्न नसक्नु प्रति संजालले खेद प्रकट गरेको पोखरेलले बताइन । यस घटनाको सत्य तथ्य छानविन गरी अपराधि पत्ता लगाइ अपराधिलाइ कानुन बमोजिमको कारवाहि होस र आगामि दिनमा यस प्रकारका घटना नदोहोरीन तर्फ सचेत रहदै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत घटनाको सत्य,तथ्य उजागर गर्न सरकारको ध्यानाकर्षण गराएको अन्तरपाटीमहिला संजालन बाँकेका निवर्तमा अध्यक्ष रेखा गुप्ता र नारायणी रुपा खेतिले बताएका थिए ं ।
    दिप प्रज्वलन कार्यक्रममा अधिबक्ता विश्वजित तिवारी, महिला अधिकारकर्मीहरु उषा भण्डारी ,कृष्ण पाठक,दुर्गा बाल्मीकि,दिक्षा कोइराला,चादनी आचार्य,गगां न्यौपाने,मनोजा जयसवाल,निर्मला वि.सी.,विद्यालयका किशोरीहरु लगायत ४दर्जन बढिको सहभागीता रहेको थियो । संजालले नेपालगन्जमा पनि एक किशोरीलाइ बलात्कारको प्रयास गरीएको घटनाको घोर भत्र्सना गर्दै पीडकलाइ कानुन बमोजिमको कारवाहिको माग गरेको छ । अन्तरपाटी महिला संजाल बाँकेका अध्यक्ष अम्बीका काफ्लेको अध्यक्षतामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology