(Saturday 25th of July 2026)
`

नेपालगन्जमा मेबलिश मेकअप स्टुडियो संचालनमा

  • सगरमाथा गन्तब्य
  • 15.9K
    SHARES

    नेपालगन्ज १९ माघ – नेपालगन्जमा मेबलिश मेकअप स्टुडियो एण्ड कास्मेटिक सेन्टर संचालनमा आएको छ । सोमवार प्रदेश सांसद सुरेन्द्र हमालले एक कार्यक्रमका विच रिबन काटेर मेबलिश मेकअप स्टुडियो एण्ड कास्मेटिक सेन्टरको उद्घाटन गर्नुभएको हो । नेपालगन्जको मुटु न्युरोडमा रहेको मेकअप स्टुडियोमा युरेपियन ब्राण्ड जस्तै टर्की, जर्मन, इटलीका ब्राण्डका सामाग्रीका साथ सेवा प्रवाह गर्नको लागि मेकअप स्टुडियो संचालनमा ल्याएको प्रोप्राईटर मोहित सम्शेर जवराले बताउनुभयो ।


    धेरैले मेकअप स्टुडियो भनेको के हो भन्ने जिज्ञासा राखेको हुनाले यसको सहज र सरल प्रवाह गर्न मेकअप स्टुडियो संचालनमा ल्याएको अर्का प्रोप्राईटर किरण शाहले बताउनुभयो । नेपालगन्जमा पहिलो पटक सम्पुर्ण विदेशी ब्राण्डका गुणस्तरिय सामाग्री सहित सेवा सुविधाका साथ मेकअप स्टुडियो खोलेको उहाँले बताउनुभयो । विवाह, पार्टी, बर्थडे, म्युजिक भिडियो लगायतमा जाने बेला थरि थरिका मेकअपका लागि अत्यन्तै गुणस्तरिय स्तरको सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । छोरीलाई अझै पनि घरमै बस्ने चलनलाई थप उर्जा यस मेकअप स्टुडियोले प्रदान गर्न सांसद सुरेन्द्र हमालले बताउनुभयो । मेकअप स्टुडियो थप उर्जा प्रदान गर्न शुभकामना समेत हमालले दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology