(Saturday 25th of July 2026)
`

कोरोना निको हुनेको ९८ प्रतिशत नाघ्यो

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    काठमाडौं, माघ १२ गते । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ४०१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ४०१ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ । यस्तै सो अवधिमा दश जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । सो सँगै मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार ११ जना पुगेका छन् । हाल तीन हजार २४० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार २४० जना आइसोलेशनमा र १३२ जना क्वारेन्टिनमा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology