(Saturday 25th of July 2026)
`

प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.4K
    SHARES

    नेपालगन्ज : प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगन्ज क्षेत्रको आयोजनामा वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका ट्रेनिङ शाखा प्रमुख योगेन्द्र खतिवडाले अभिकर्ताहरुको क्षमता अभिबृद्धि बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अभिकर्ता बिच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
    नेपालगन्ज क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा नेपालगन्ज क्षेत्र अन्तर्गतका शाखा प्रमुखहरु र सम्पुर्ण शाखाका एजेन्सी मेनेजरहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । यस्ता खालको कार्यक्रमले छुट्टै किसिमको उर्जा पैदा गर्नुका साथै सकारात्मक उत्प्रेरणा प्रदान गरिने विश्वास लिएको सहभागिहरुले जोड दिएका थिए । साथै यस्ता खाले कार्यक्रम आगामी दिनहरुमा पनि संचालन गर्दै जानु अभिकर्ताहरुको लागि उर्जा थपिने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology