(Saturday 25th of July 2026)
`

सगरमाथा स्कूलको १९ औं बार्षिकउत्सव, अनुशासन पहिलो प्रथामिकता

  • सगरमाथा गन्तब्य
  • 15K
    SHARES

    आशा परियार नेपालगन्ज : सगरमाथा ई. बोडिङ्ग स्कूल कारकाँदो नेपालगन्जले १९ औं बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा भएको बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादव रहनुभएको थियो । प्रमुख अतिथि यादव, स्कूलको संस्थापक लक्ष्मी बिसीले दियो बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
    प्रमुख अतिथि यादवले सगरमाथा स्कूलको गतिविधि र प्रगतिबारे अन्य स्कूलले सिको गर्नुपर्ने बताउनुभयो । विद्यालयको उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँकेकै उत्कृष्ट रहेको उहाँले बताउनुभयो । विद्यार्थीले हासिल गरेका शिक्षालाई व्यवहारमा उतार्न जरुरी रहेको उहाँले बताउनुभयो ।


    बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले नृत्य, गित, गजल, योगा, कविता, नाटक, मार्चपास लगायतका विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
    बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक रञ्जित राना, बरिष्ठ नृत्य निर्देशक सुन्दर गुरुङ, नृत्य निर्देशक भरत महतो, मानसरोबर इन्डष्ट्रिज प्रालि नेपालगन्जका प्रबन्ध निर्देशक बालाराम विसी, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका सचिव मोहन बहादुर चन्द, बाल अधिकारकर्मी साहिल अन्सारी, बालअधिकारकर्मी अञ्जना चर्तुबेदीलाई मायाको चिनो प्रदान गरिएको थियो । यस्तै खेलकुद, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रछात्रालाई सम्मान गरिएको थियो । अभिभावक दिवस कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आ आफ्नो कला प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology