(Saturday 25th of July 2026)
`

इन्स्पाईरिंग युथमा बक्तृत्वकला प्रतियोगिता, कृष्ण प्रथम

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    नेपालगन्ज – बासको साप्ताहीक युवा लक्षित कार्यक्रम इन्स्पाईरिंग युथको २८९औं श्रृखलामा बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सुशासनका लागि हाम्रो भूमिका बिषयक प्रतियोगितामा कृष्ण कार्कीले प्रथम स्थान हासिल गरेका छन् । यसैगरी प्रतियोगितामा द्धितिय, तृतीय सान्त्वना स्थान क्रमशः सन्तोष बिष्ट, बिष्णु विश्वकर्मा र दिपिका देवकोटाले हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्रदान प्रतियोगिताका निर्णायक बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, सचिब दिला शाह, पूर्ब अध्यक्ष मन भण्डारी, निमित्त कार्यकारी निर्देशक हेमराज भट्ट र बासका केन्द्रीय सदस्य तपेन्द्र मलातीले प्रदान गरेका थिए । प्रतियोगिताको समापनमा बोल्दै बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले इन्स्पाईरिंग युथ कार्यक्रम युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले आयोजना गरिएको भन्दै नियमित कार्यक्रममा सहभागिता जनाएर आफुमा भएको क्षमताको उजार गर्न सबैलाई अनुरोध गरिन् । प्रतियोगितामा सहभागिता जनाउने सबैलाई उनले बधाई ज्ञापन गरिन् । इन्स्पाईरिंग युथ कार्यक्रमबाट सिकेको कुरालाई बढी भन्दा बढी साथीहरु सम्म पुर्याउन उनले युवाहरुलाई अनुरोध गरिन् । १३ जना प्रतियोगी रहेको कार्यक्रममा ४५ बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । बासले साप्ताहीक रुपमा हरेक शुक्रबार ३ बजे देखि ४ बजे सम्म इन्स्पाईरिंग युथ कार्यक्रम बास केन्द्रीय कार्यालयको सुशासन हलमा सञ्चालन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology