(Saturday 25th of July 2026)
`

पवित्रा परियारको नेतृत्वमा संचारिका समूह बाँके

  • सगरमाथा गन्तब्य
  • 5K
    SHARES

    कोहलपुर फागुन ४ – संचारिका समूह बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न छैंठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । महिला सशक्तिकरण र सामाजिक सुधारका लागि क्रियाशील यस समूहको आगामी कार्यकाललाई नयाँ जोश र ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ । अधिवेशनमा समाजसेवी र महिला अधिकारकर्मीहरूका बीच अन्तरक्रिया कार्यक्रम समेत गरीएको थियो । संचारिका समूहको गतिशील भूमिका र महिलाहरूका हक अधिकारका लागि गरेको योगदानको प्रसंसा गर्दै आगामी योजनाबारे चर्चा गरीएको छ । यस अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले महिला सशक्तिकरणका लागि संस्थागत प्रयास र एकता महत्वपूर्ण रहेको बताएका छन् ।
    संचारिका समूह बाँकेको छैंठौं अधिवेशनले यसपटक संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा पवित्रा परियारअध्यक्षमा चयन हुनुभएको छ । यस्तै समुहको उपाध्यक्षमा सरला सुवेदी, महासचिवमा आशा परियार, सचिवमा अनिता बिश्वकर्मा, कोषाध्यक्षमा धना केसी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै समूहको नयाँ कार्यसमिति सदस्यमा कल्पना शाही (प्रिया), शिवानी बिक, जनता रैका, बिष्णु डाँगी, सायदा बानो, सन्ध्या गैरे, निशा शाह, स्मृति देवकोटा र प्रमिला बिक रहेका छन् ।
    संचारिका समूह बाँकेले महिला सशक्तिकरणका विभिन्न पहलहरूलाई अझ प्रभावकारी र दिगो बनाउने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी कार्यकालमा समूहले महिलाहरूसँग सम्बन्धित सामाजिक, शैक्षिक, आर्थिक र सांस्कृतिक क्षेत्रका थप चुनौतीहरूको समाधान गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
    नयाँ कार्यसमितिलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिँदै संचारिका समूह बाँकेले भविष्यमा थप गतिशील, प्रभावकारी र परिवर्तनकारी कार्यहरूको लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । यो नयाँ कार्यसमिति महिला र समाजको विकास र प्रगतिको लागि बलियो आधार बन्ने बिश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology