(Friday 23rd of October 2026)
`

न्यू डाँफे र जय किसन विजयी

  • सगरमाथा गन्तब्य
  • 2.2K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बाँके जिल्लाका खेलाडीले मात्र सहभागी हुन पाउने गरी भएको प्रतियोगितामा आयोजक न्यू डाँफे (बि) र जय किसन विजय भएको हो । न्यू डाँफेले एन के स्पोर्ट्स क्लबलाई २ -५ को फराकिलो अन्तरले जित निकाल्यो । न्यू डाँफेबाट विपिन थापाले ४ गोल र निराजन शाहीले एक गोल गरेका थिए ।
    यस्तै मंगलबार जय किसन स्पोट्स क्लबले नव ज्योति युवा स्पोट्स क्लबलाई ३ – ० को अन्तरले विजयी भयो । जय किसन स्पोट्स क्लबका अतिस सुनारले २ गोल गरे भने सुदिप विकले १ गोल गर्दै जित दिलाए । प्रतियोगितामा बुधबारबार पनि दुई खेल हुने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जनाएका छन । बुधबार पहिलो खेल चन्द्र ज्योति युवा क्लब र ब्रोदर्स एफसी आमने सामने हुनेछन् । यस्तै दोस्रो खेल एफसी सीमलघारी र अकसेरा एफसी भिड्ने छन् । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रिले जनाए । क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगिले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । असोज २५ देखि सुरु भएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology